नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव
गाहामगरलाई सर्वाधिक मत
पाेखरा | मंसिर २९, २०८१
पोखरा: नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए ।
महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् ।
सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए ।
खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए ।
गाहामगरलाई सर्वाधिक मत
नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए ।
कसले कति मत ल्याए ? (मत परिणामसहित)

सदस्य (खुला)
अर्जुन सुशान्त गाहा: १५१
गौरव त्रिपाठी: १४३
चिरञ्जिवी पौडेल: ८२
तुलसीराम सुवेदीः १०७
दीपक श्रेष्ठ: १०३
निराजन अधिकारी: १०६
पुष्पराज दाहाल: १०४
बालकुमारी पौडेल: १२९
विष्णु गौतम: ८८
राजु गिरी:१३२
रिखिराम जि.सी: ११७
सन्तोष सुवेदी: १२८
सन्दीप पौडेल: १०३
राष्ट्रिय परिषद सदस्य
अमृतराज उपाध्याय: ५०
आरजु सल्यानी मनहनकुमार विष्ट: १२४
ऋषिराम बराल: ५०
कृष्ण दवाडी: ८९
कृष्णमणि बराल:१०९
दिननाथ बराल:११६
भरत कोईराला: १०८
मानबहादुर घर्ती: ८१
राजबहादुर गुरुङ: १०८
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

